दफा ४२
कर्मचारीको व्यवस्था
(१) कोषको दैनिक कार्य सञ्चालनको लागि नेपाल सरकारले अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र वा वाणिज्य कानून विषयमा स्नातकोत्तर गरेको र
आर्थिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा पन्ध्र. वर्ष कार्य अनुभव भएको व्यक्तिमध्येबाट एकजना कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
(२) कार्यकारी निर्देशकको कार्यावधि चार वर्षको हुनेछ । नेपाल सरकारले निजको कार्यावधि पुन पाँच वर्षको लागि थप गर्न सक्नेछ ।
तर यो उपदफा प्रारम्भ हुँदाका बखत बहाल रहेको कार्यकारी निर्देशक निज नियुक्ति हुँदाका बखत कायम रहेको अवध्चिसम्म आफ्नो पदमा बहाल रहन सक्नेछ ।
(२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकलाई कार्यक्षमताको अभाब, लापरबाही वा खराब आचारण वा सन्तोषजनक कार्यसम्पादन नगरी निष्क्रिय भएको कारणबाट कोषले कुनै हानि नोक्सानी व्यहोर्नु परेको वा कोषको काम कारबाही सुचारु हुन नसकेको देखिएमा नेपाल सरकारले जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) कोषको काम कारोबार सुचारु रुपले सञ्चालन गर्नको लागि समितिले आवश्यकता अनुसार सल्लाहकार, अधिकृत, र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(४) उपदफा (१) र (२) बमोजिम नियुक्त योग्यता, निर्देशक, सल्लाहकार, अधिकृत र कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।